जसपाको बाबुराम उपेन्द्र पक्षद्धारा कार्यकारीणी समितिको बैठक बोलायो

१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ ।
राष्ट्रिय राजनीतिमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको जसपाका कार्यकारिणी समिति एक सदस्यले बताए ।
उनका अनुसार अनौपचारिक बैठक बोलाइएको र बैठकमा अहिलेका घटनाक्रमबारे छलफल हुने र पार्टीका केही साथीले विधान विपरित गतिविधि भएको भन्ने सुन्नमा आएको छ त्यसबारेमा समेत छलफल हुने बताइएको छ ।

बिहिबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए ।

भक्तपुरको एक रिसोर्टमा भएको सांसदको भेलाले महतो नेता चुनिएका हुन् । भेलामा १८ जना सांसद रहेको ठाकुर–महतो पक्षको दाबी छ ।
जसपाको कार्यकारिणी समितिमा ५१ जना छन् । ती मध्ये रेशम चौधरी जेलमा छन् । कार्यकारिणी समितिमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग बहुमत छ ।

भट्टराई–यादव पक्षले आफूहरूसँग ३० जना भन्दा बढि रहेको दाबी गर्दै आएको छ । ठाकुर–महतो पक्षले समेत भट्टराई–यादवसँग सामान्य बहुमत रहेको स्वीकार्दै आएको छ ।