कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

२९ वैशाख, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

ना ४ ख ८९४० नम्बरको ट्रकले से ५ प २२९९ नम्बरको मोटरसाइकलाई हिजो बेलुका ठक्कर दिंदा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ३५ वर्षीय मीनबहादुर ठकुल्लाको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।