नेप्से २७ अंकभन्दा धेरैले बढ्यो

२८ वैशाख, काठमाडौं । आज अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १२ अंकले बढेको छ ।

कारोबार रकम पनि करिब ६ अर्ब रुपैयाँ पुगेको छ । दिनभर भएका ६२ हजार ६५९ कारोबारबाट २२० कम्पनीका १ करोड ८ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।