जसपा सांसदलाई ह्वीप नलाग्ने सांसदले स्वविवेक प्रयोग गर्न पाउने

२६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भोजि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् । उनका अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीले लिने विश्वासको मतको पक्षमा मतदान नगर्ने निर्णय भएको छ, तर के गर्ने सांसदको स्वविवेक भर पर्छ ।

विश्वासको पक्षमा मत नहाले तटस्थ बस्नुहुन्छ कि विपक्षमा मत हाल्नुहुन्छ भनि राखिएको जिज्ञासामा अध्यक्ष यादवले भने, दुवै हुनसक्छ, तटस्थ पनि बस्न सकिन्छ, विपक्षमा पनि मतदान गर्न सकिन्छ ।

जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका संसद तटस्थ बस्नुपर्ने पक्षमा छन् भने यादव पक्ष विपक्षमा मत हाल्ने पक्ष
छ ।