उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि

२६ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४ जना, ललितपुरमा ५३३ जना कोरोना संक्रमित भेटिएका हुन् ।