२६ वैशाख, जनकपुरधाम । प्रदेश–२ मा १९ जना प्रहरी र ५६ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार महोत्तरीबाहेक ७ जिल्लामा प्रहरी संक्रमित देखिएका छन् । सबैभन्दा बढी बारामा ६ जना प्रहरी संक्रमित देखिएका छन् । पर्सामा ५ जना, सर्लाहीमा ३ जना, सिरहामा २ जना तथा सप्तरी, धनुषा र रौतहटमा १÷१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख डीआइजी धिरजप्रताप सिंहले बताएका छन् ।
यस्तै, प्रदेशमा ५६ जना थुनुवामा पनि कोरोना संक्रमण देखिएको छ । सबैभन्दा बढी पर्सा प्रहरीको नियन्त्रणमा रहेका ३९ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटका १० जना, धनुषाका ५ जना तथा महोत्तरी र सर्लाही प्रहरीको नियन्त्रणमा रहेका १÷१ जना थुनुवामा संक्रमण देखिएको छ । सप्तरी र सिरहाका थुनुवामा हालसम्म संक्रमण देखापरेको छैन् ।