कोरोना संक्रमणबाट पोखरामा थप ११ जनाको मृत्यु

२६ वैशाख, पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६२ पुगेको छ ।
पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको आज बिहान ५ः३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ ।

यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका–८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा हिजो राति ११ः३० बजे मृत्यु भएको छ ।

यस्तै स्याङ्जा वालिङ नगरपालिका– ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजोे मृत्यु भएको छ ।

यस्तै पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–९की ३१ वर्षीया कोरोना संक्रमित महिलाको हिजो राति ११ः २२ बजे मृत्यु भएको छ ।

यस्तै म्याग्दी, मालिका गाउँपालिका ५का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा वैशाख २४ गते साँझ ६ः१५ बजे मृत्यु भएको छ ।

यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका –३की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका–२की ५८ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २४ गते साँझ ६ः२५ बजे गण्डकी मेढिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

पोखरा महानगरपालिका– २७का ५२ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा आज विहान ८ः३० बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगर–१९का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दिउँसो १ः छद्ध बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका–१२की ३५ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा हिजोे राति ९ः०५ बजे मृत्यु भएको छ ।

यस्तै पर्वतको कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५ः५ बजे मृत्यु भएको हो ।