वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय मातहत ल्याएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा संचालन गरिने

२५ वैशाख, काठमाडौं । आजको बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय मातहत ल्याएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरिने उच्च सरकारी स्रोतले बतायो ।
कोभिडको फैलदो संक्रमणसँग जुध्नका लागि सरकारले वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय अन्तर्गत ल्याएर सञ्चालन गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत आएपछि वीर अस्पतालको नयाँ भवनमा कोभिडका बिरामीको मात्र उपचार गरिनेछ ।

आवश्यकता अनुसार वीर अस्पतालमा रहेका ८ सयमध्ये ७०० बेडलाई क्रमशः कोभिड उपचारका लागि प्रयोग गरिने सरकारी तयारी छ ।

नयाँ भवनमै कोभिडको ‘वाररूम’ निर्माण हुने र त्यो वाररूमबाट नै कोभिडविरूद्ध लड्न दैनिक संयोजनका काम हुने स्रोतले जानकारी दियो ।

‘वाररूमबाट देशभरी कोभिडविरूद्ध लड्न आवश्यक छलफल, स्वास्थ्यकर्मी, बेड तथा अन्य स्वास्थ्य समाग्रीबारे संयोजन गरिनेछ ।
स्वास्थ्य मन्त्रालयले यो सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश गरिसकेको र आजै सो परस्तावबारे मन्त्रिपरिषदले निर्णय गर्ने तयारी गरेको छ ।