२४ घण्टामा थप ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ५० जनाको मृत्यु

२४ वैशाख, काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९१९६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण आजै ५० जनाको मृत्यु भएको छ, त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् ।