Breaking News

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद

२३ वैशाख, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले ६ सय लिटर सेनिटाइजर र ८ वटा अक्सोमिटर बरामद गरेको छ । सेनिटाइजर र अक्सोमिटर कारोबारमा संलग्न एकजनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ ।

कोरोना महामारी तिब्र बढेको बेला अक्सोमिटर अक्सिजनको लेवल नाप्न प्रयोग गरिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बिना बिलका ५ लिटर दरका १ सय २१ ग्यालिन सेनिटाइजर बरामद गरेको छ ।