Breaking News

पछिल्लो २४ घन्टामा थप ९०७० जनामा कोरोना संक्रमण हुंदा ५४ जनाको मृत्यु

२३ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको
हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो ।

आजै कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने २७०७ जना संक्रमणमुक्त भएका छन् ।