करेन्ट लागेर बारामा एकजनाको मृत्यु

२३ वैशाख, वीरगञ्ज । बाराको कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–६ पर्सा टोल बस्ने २० वर्षीया रोशना खातुनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घरको कल धारामा जडान गरिएको मोटर चलाउने क्रममा तार सर्ट भई करेन्ट लागेर उनी घाइते भएकी थिइन ।

कलैया अस्पतालमा उपचारको क्रममा उनको आज दिउँसो १ः२५ बजे मृत्यु भएको हो ।