कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गर्ने एक जना पक्राउ

२३ वैशाख, काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर औषधिको कालोबजारी गरेको आरोपमा प्रहरीले गोरखाका रसिक मिया लाई पक्राउ गरेको छ ।

२५ हजार पर्ने रेम्डिसिभिर औषधिलाई २ लाख २० हजार रुपैयाँमा बिक्री गर्दै गरेको अवस्थामा मियालाई काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मियाले आफूलाई त्रिवि शिक्षण अस्पताल अगाडिको सेवक फर्माका सञ्चालक दीपक ढकालले रेम्डिसिभिर बेच्न लगाएको प्रहरीसँगको बयानमा बताएका छन् ।

उनलाई संक्रामक रोग नियन्त्रण ऐन, कालोबजारी ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरी अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले बताए ।