विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय

२३ वैशाख, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।

बालुवाटारमा आज विहान बसेको स्थायी कमिटी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो बताएका हुन ।

प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदको विशेष अधिवेशनमा विश्वासको मत लिँदै छन् । माओवादी केन्द्रले हिजो सरकारको समर्थन फिर्ता लिएपछि ओली अल्पमतमा परेका छन् ।

स्थायी कमिटी बैठकले बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा एमाले उम्मेदवारलाई जिताउने निर्णय गरेको छ । एमालेको राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारबारे भने निर्णय गरिसकेको छैन ।