रामबहादुर थापा (बादल) र खिमलाल देवकोटा चुनावी मैदानमा

२२ वैशाख, काठमाडौं । आउंदो जेठ ६ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलले खिमलाल देवकोटालाई राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार बनाउने भएका छन् ।

देवकोटालाई राष्ट्रिय सभा उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने सहमति भएको छ ।

उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्नुपर्नेछ । बागमती प्रदेशबाट २०७४ सालमा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा रामबहादुर थापा बादल निर्वाचित भएका थिए । बादल नेकपा एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।

उक्त पद रिक्त भएपछि जेठ ६ मा उपनिर्वाचन हुँदैछ । एमालेले बादललाई नै उम्मेदवार बनाउने तयारी गरेको छ । बादलविरूद्ध विपक्षी दलले देवकोटालाई प्रतिस्पर्धामा उतार्न लागेको हो ।

देवकोटा कुन चुनाव चिन्हबाट उठ्ने भन्ने टुंगो भइसकेको छैन। पार्टीकै चुनाव चिन्ह वा स्वतन्त्रबाट उठ्ने भन्ने निर्णय हुन बाँकी छ ।