कैलालीमा ६ जना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, धनगढी । कैलालीमा हिजो रातिदेखि आज विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना संक्रमितको मृत्यु भएको बताए । जसमा कैलालीका तीन र डडेल्धुराका एक जना रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ का ७२ वर्षीय पुरुष, गोदावरी नगरपालिका–३ का ६७ वर्षीय पुरुष, लम्कीचुुहा नगरपालिका–१ क ३७ वर्षीय पुरुष र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

टीकापुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको बताए । उपाध्यायका अनुसार आज बिहान लम्कीचुहा नगरपालिकाका ३८ वर्षीय पुरुष र टीकापुर नगरपालिकाका ५५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।