चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ

२२ वैशाख, काठमाडौं । काठमाडौं पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनले बालिकालाई होटलमा दुई दिनसम्म राखेका थिए । पटक–पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

लामालाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।