प्रचण्डले माधव र उपेन्द्रसँग भेट गरे

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

हात्तिबनस्थित एक घरमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको बताए ।
जसपाका एक नेताका अनुसार प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी असफल बनाउने, अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्ने र राष्ट्रियसभाको उप निर्वाचनमा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी छलफल भएको हो ।

प्रचण्ड र माधवकुमार नेपालबीच भएको भेटबारे भने दुबै पक्षले केही खुलाउन चाहेको छैन ।