पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई

२१ वैशाख, पोखरा । सरकारले हिजो अचानक गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गरेपछि त्यस बारेमा बोलेका उनले आफु पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । साथै उनले आफू अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै उनले , ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।

पहिला ओली जी र पुनः प्रचण्ड जीमार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो । पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो । अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट हटाएर सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।