सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो

२० वैशाख, काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।