बिहीबार राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द

२० वैशाख, काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को हिजो आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुने गरी स्थगित भएको हो ।

वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् ।

यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।