राष्ट्रिय जनगणना २०७८ स्थगित

२० वैशाख, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम जारी रहेकाले राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले स्थगित गरेको हो ।

कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो ।