बागलुङ नगरपालिकामा वैशाख २१ गतेदेखि दश दिनकालागि निशेधाज्ञा जारी हुने

१९ वैशाख, बागलुङ । पछिल्लो चरणमा मुलुकभरमा कोरोना संक्रमण बढ्न थालेपछि बागलुङ नगरपालिकामा दश दिनकालागि निशेधाज्ञा जारी हुने भएको छ ।

आज बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निशेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारीस गरेको हो । उक्त सिफारिसको आधारमा सुरक्षा समितिले निशेधाज्ञा लगाउने छ ।

समितिको निर्णय अनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निशेधाज्ञा जारी हुने भएको हो । यस अघि बागलुङ नगरपालिका र बागलुङ उद्योग बाणिज्य संघले निशेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निशेधाज्ञाको समयमा सरकारी कार्यालयहरु भने आंशिक खुल्ने छन् । कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुनेगरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ ।