कालिकोटमा एक हप्ता लकडाउन

१९ वैशाख, कालिकोट । पछिल्लो चरणमा नेपालमा कोरोना भाइरसका संक्रमण बढ्नथाले पछि त्यसको रोगथाम र नियन्त्रणका लागि भन्दै कालिकोट जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै एक हप्ताका लागी लकडाउन गरेको छ ।

कालिकोट – सदरमुकाम मान्म बजारमा आज राती देखी निषाधाज्ञा लगाइने भएको छ ।

कोरोना भाइरस संक्रमण दर अत्याधिक रुपमा बढ्दै गइरहेकाले मान्म बजारमा आज राती १२ बजेदेखी निषाधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालयले जनाकारी दिएको छ ।

नेपाल सरकारले जारि गरेको स्वास्थ्य मापदण्डको पालना नियनत्रण भन्दा वाहिर गइरहेको हुनाले महामारी रोक्न मान्म बजारमा निषाधाज्ञा लगाउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले जानकारी दिए । मान्म बजार देखी पाँच सय मिटर सम्म निषाधाज्ञा लगाइएको छ ।

मान्म बजारमा भिडभाड हुने भएकाले निषधाज्ञा गरेको र अन्य क्षेत्रमा सामाजिक दुरी कायम गरेर मात्र कामकाज गर्न अपिल गरिएको छ ।
आवश्यकता अनुसार, पासको लिएर मात्र जिल्ला वाहिर जान सकिने भएको छ ।

सावैजनिक यातायात बन्द, वैंकतथा वितृय संस्था आवश्यकताका आधारमा समय मिलाउर संचालन गर्न सकिने पत्रमा भनिएको छ । कालिकोट र दैलेखको सिमाना दहिखोला देखी नाग्म बजार सम्म निषाधाज्ञा रहने सूचनामा जनाइएको छ ।