हालसम्मकै सर्वाधिक कोरोना संक्रमित : आज थप ७२११ जनामा संक्रमण पुष्टि

१९ वैशाख, काठमाण्डौ । नेपालका कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको
हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो ।