कोरोना भाइरस को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन

१९ वैशाख, धनगढी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा स्थायी ठेगाना भएकी ४४ वर्षीया चौधरीको कोरोना संक्रमणबाट आज दिउँसो धनगढीमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

कलेजो र मिर्गौलासम्बन्धी समस्याले ग्रस्त चौधरी धनगढीको नवजीवन अस्पतालमा उपचाररत थिइन् । हिजो मात्र अस्पताल भर्ना भएकी चौधरीलाई आज नै कोरोना संक्रमण पुष्टि भएको थियो । चौधरी २०७० सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेकी थिइन् ।