प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न सितल निवासमा

१७ वैशाख, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।

प्रधानमन्त्री ओली आज दिउँसो शितलनिवास पुगेका हुन् ।

ओलीले आकस्मिक रूपमा आज नेकपा एमालेको स्थायी कमिटी बैठक पनि बालुवाटारमा बोलाएका छन् ।

लुम्बिनी प्रदेशलगायतमा देखिएका राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल हुने बताइएको
छ ।