सुन तोलामा सातसय र चाँदीे तोलामा १० रुपैयाँले घट्यो

१५ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

आजका लागि तेजावी सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।