विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु

१५ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज विहान झापा र मोरङ घर भएका दुई जनाको मृत्यु भएको हो ।

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुष र झापाको झापा गाउँपालिका–१० का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मोरङका पुरुषको उपचारका क्रममा बिहान ३ः४५ बजेतिर मृत्यु भएको थियो । उनलाई निमोनियाको पुरानै समस्या थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो ।
यसैगरी झापाका पुरुषलाई १३ गते अस्पताल भर्ना गरिएको थियो ।