उपत्यकामा पर्सिबाट लकडाउन लागू भएपछि घर जानेहरुको लर्को

१४ बैशाख, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।

पर्सि विहीबारबाट लकडाउन सुरु हुने भएपछि घर फर्किने यात्रुहरुको भिड बढेको छ । गोंगबुस्थित नयाँ बसपार्क, कोटेश्वर, कलंकी लगायतका क्षेत्रमा घर फर्किनेहरुको संख्या बढेको देख्न सकिन्छ ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।