एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना

१४ बैशाख, काठमाण्डौ । नेपालको पूर्वी भू–भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भु–भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार : प्रदेश नं १, प्रदेश नं २ लगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक दुई स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ । राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार : प्रदेश नं १, प्रदेश नं २ लगायतका देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन÷चट्याङ÷हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।

बिहीबार : देशका तराईका भु–भागमा आंशिक बदली र पहाडी भू–भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।