लिग चरणको अन्तिम खेलमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको थियो । अन्तिम खेलअघि नै नेपाल र नेदरल्याण्ड्स शीर्ष दुईमा रहँदा फाइनल पुगिसकेका छन् ।

आजको खेलको नतिजाले खासै फरक पार्ने छैन । तर फाइनल अघि नेपाल मलेसियालाई हराउँदै दाबेदारी पेश गर्न चाहन्छ । ३ खेलबाट नेपालको ४ अंक छ । उता ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्स ५ अंकसहित शीर्ष स्थानमा छ ।
नेपालले मलेसियालाई पराजित गरेमा शीर्ष स्थानमा पुग्ने छ ।

नेपाल भर्सेस मलेसिया हेड टु हेड

कुल खेल : ९

नेपाल विजयी : ७

मलेसिया विजयी : २

टी–२०आई खेल : ५

नेपाल विजयी : ४

मलेसिया विजयी : १

२००७ एसीसी टी–२० कप

नेपाल २१ रनले विजयी

२००९ एसीसी टी–२० कप

मलेसिया ६ विकेटले विजयी

२०१३ एसीसी टी–२० कप

नेपाल १९ रनले विजयी

२०१८ आईसीसी विश्वकप टी–२० एसिया रिजन क्वालिफायर बी

नेपाल ८ विकेटले विजयी

२०१९ नेपाल इन मलेसिया टी–२० आई सिरिज

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी

दोस्रो खेलमा नेपाल ६ रनले विजयी

२०१९ आईसीसी विश्वकप टी २० क्वालिफायर एसिया रिजन फाइनल

नेपाल ७ विकेटले विजयी

२०२० एसीसी इस्टर्न रिजन टी–२०

नेपाल २२ रनले पराजित

२०२१ त्रिकोणात्मक सिरिज

नेपाल ९ विकेटले विजयी