काठमाडौं प्रशासन कार्यालयद्धारा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै १३ बुँदामा सूचना जारी

८ बैशाख, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो चरणमा उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रण गर्न सुरक्षा मापदण्ड अपनाउन भन्दै १३ बुँदामा सूचना जारी गरेको छ ।

हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको हो ।

सोही पत्र अनुसार प्रशासन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ ।

प्रशासन कार्यालय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्ने चेतावनी समेत दिएको छ ।