संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको छैन

सभामुख अग्निप्रसाद सापकोटा

६ वैशाख, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्इ गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य गर्नेबारे आफूसँग कुनै परामर्श नभएको बताएका छन् ।

आफ्नै कार्यकक्ष सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सोमबार संसद अधिवेशन अन्त्य गरेकी छन् । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा संसद अधिवेशन अन्त्य भएको हो ।