देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताए

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

आज आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताए । तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनले बताए ।

नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन । त्यस माथि बहुमतकै सरकार छ अहिले । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन ।

देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेकाले स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने उनले विश्वास व्यक्त गरका छन् ।