स्थिति आइपुग्यो भने जुनसुकै बेला पार्टी फुट्न सक्छ

एमाले उपाध्यक्ष, भिम रावल

४ बैशाख, काठमाण्डौ । आज धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै नेकपा एमालेका नेता भीम रावलले स्थिति आइपुग्यो भने पार्टी फुट्न सक्ने बताएका छन् ।

पार्टी विभाजन गर्न हामीले खोजेको होइन, केपी ओलीले खोजिरहनुभएको छ । हामी पार्टी विभाजनलाई रोक्नका लागि झण्डा उठाइरहेका छौं । तर, भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ । त्यसका लागि तयार भइरहनुहोला ।
आजभन्दा तीन वर्षयता एमाले पार्टी होइन नेकपा भएको सम्झँदै उनले कतिले यसअघिको चुनावमा एमालेले हँसिया–हथौडामा र कति माओवादीले सूर्य चिन्हमा भोट हालेको  बताए ।

त्यसअघि २०३५ सालदेखि २०४७ सालसम्म माले पार्टी रहेको उनले स्मरण गराए । त्यसपछि मात्र तत्कालीन अवस्थामा एमाले पार्टी बनेको र चुनाव चिन्ह माधवकुमार नेपालले निर्वाचन आयोगबाट ल्याएको दाबी उनले गरेका थिए ।