खुशीले आफुले आफैलाई समाल्न गाह्रो भएको त्यो ऐतिहासिक क्षण

दश वर्षे जनक्रान्तिमा सानै उमेरमै होमिएर सर्वथोक त्यागी समणपर्ण गरेको यो ज्यानलाई विस्तृत शान्ति सम्झौता र पछि अनिमिनद्धारा प्रमाणित गर्दा बालसेनाको अयोग्य बिल्ला भिराएको करिब १५ वर्ष पछि खुशीको लहर ल्याएको छ २०७८ सालको पहिलो दिन बैशाख १ गतेदेखि । म लगाएत करिब ४००९ जनालाई लगाइएको अयोग्यको बिल्ला हटाउदै लोकतान्त्रिक यौद्धा को नामबाट सम्मान र प्रमाणपत्र प्राप्त गर्दै यो क्षण म कहिल्यै बिर्षन सक्दैन पनि होला, त्यसमा योे अवसर प्रदान गर्ने र अयोग्यको बिल्ला हटाईदिने वर्तमान सरकार र सरकारका प्रधानमन्त्री केपी ओली र परराष्टमन्त्री प्रदीप ज्ञवालीज्यूलाई धन्यवाद पनि ।

No description available.

धैर्यता नै महानता हो भन्ने कुरा लाई आत्मसात गर्दै निरन्तर संघर्ष खुशीमा परिणत हुँदा आँसु बगाएको त्यो ऐतिहासिक क्षण, जिम्मेवारी अझ धेरै थपिएको क्षण जुन क्षण आफुले आफैलाई समाल्न गारो, मन अतालियो अनि सम्झाना आयो ४००९ जना सहयोद्धा साथीहरू सँगै अयोग्यको बिल्ला भिरेर घर फर्किएको त्यो दिन र यहाँ सम्म आइपुग्न गरेको संघर्ष त्यो चिसो भुइँमा साना बच्चाहरु च्यापेर सुत्न र हिरासत, जेल बस्न विवश दिदिबहिनीहरु मन चिसो भयो अनि चिन्ता होइन चिन्तन गर्ने हौसला प्रदान भयो ।

विगत लामो समय देखि बहिर्गमित जनमुक्ति सेना नेपाल ले उठाउदै आएको ९ वटा मागहरु मध्ये १ नम्बर बुंदा सम्बोधन गर्ने प्रक्रिया मिति २०७८ साल बैशाख १ गते अर्थात नयाँ वर्षको दिनबाट सुरुवात भएको छ । जसमध्ये पहिलो चरणमा बहिर्गमित जनमुक्ति सेना नेपालका तर्फबाट १७१ केन्द्रिय समितिका साथीहरू र ५ जना प्रदेश सदस्य गरि १७६ जना साथीहरू सम्मानित हुनुभएको छ । यस ऐतिहासिक दिनको उपलक्ष्यमा म मेरो ब्यक्तिगत तर्फबाट र बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिको तर्फबाट नेपाल सरकार र सम्पुर्ण बहिर्गमित जनमुक्ति सेना, सहिद परिवार, बेपत्ता परिवार घाइते, शाररिक अपांग भएका ब्यक्तिहरु र सम्पुर्ण नेपाली जनता लाई हार्दिक बधाई तथा धन्यवाद ब्यक्त गर्दछु । र छिट्टै दोस्रो चरणमा बढी भन्दा बढी बहिर्गमित जनमुक्ति सेना नेपाल का साथीहरू लाई सम्मान – पत्र उपलब्ध गराउनेछौं र छिट्टै ४००९ जनालाई नै उपलब्ध गर्ने छौ भन्ने प्रतिबद्धता जाएर गर्दछु । संविधानको धारा ४२ को उपधारा ५ बमोजिम सरकारले आजको दिनदेखि बहिर्गमित जनमुक्ति सेनालाई कानुनी मान्यता प्रधान गरेको छ यसको लागी आभार व्यक्त गर्दछु । बाँकी मागहरू लाई पनि क्रमबद्ध ढंगले सम्बोधन गराउन निरन्तर संघर्षमा सक्रियता, गोलबन्द र चिन्तन गर्न सम्पूर्ण साथीहरू लाई हार्दिक अनुरोध गर्दछु ।

अध्यक्ष
रमेश बसेल ( करन )
बहिर्गमित जनमुक्ति सेना नेपाल
केन्द्रिय संघर्ष समिति– २०६