बाँकेमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु ३८ जना घाइते ७ को अवस्था गम्भीर

४ वैशाख, बाँके । बाँकेको रोहिणी खोला नजिक बस र टिपर ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका– १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर नगरपालिका–३ बस्ने २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी–७ का ४१ वर्षीय जीवन कुमार विक र झापाको मेचीनगर नगरपालिका १०–का ४५ वर्षीय छत्रबहादुर कटुवाल छन् ।

एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको टिपर शुक्रबार साँझ ठोक्किँदा पाँच जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा ३८ जना घाइते भएका छन् । घाइतेहरुमध्ये सात जनाको अवस्था गम्भीर छ ।