प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा ११ बजे बस्दै

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक केही बेरमा बस्दै छ । ओलीले विहान ११ बजे आफ्नै सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाएका छन् ।

कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने बताइएको छ ।