तरकारी, ग्यास, अन्य सामान खरिद कर्ता कसरी बच्ने कोरोनाबाट

कदर समाचार
२४ चैत, काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि यतिबेला देश लकडाउनमा छ । त्यसको पालना गर्दै हामी बन्दाबन्दीको अवस्थामा छौं । कोरोनासँग बच्न घरभित्रै सीमित भए पनि हामीले खरिद गर्ने फलफूल, तरकारी, ग्याससिलिन्डरलगायतका उपयोग गर्ने वस्तुबाट भित्रिने हो कि भन्ने चिन्ता उत्तिकै छ ।
स्वास्थ्यविज्ञहरूले पनि यस्ता उपभोग्य वस्तुमार्फत कोरोना भित्रन सक्ने औंल्याउँदै सतर्कता अपनाउन सुझाएका छन् । जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले तरकारी, फलफूल र ग्यास सिलिन्डर सुरक्षितपूर्वक घरभित्र प्रवेश गराउन केही टिप्स दिएका छन् ।
१. हातमा पञ्जा लगाएर सुरक्षित रूपमा ग्यास ल्याउने, उक्त ग्यासलाई घरबाहिर साबुन पानीले सफा गर्ने । ओभानो गरेर स्प्रिट वा डिटोल पानीले सफा गर्ने । त्यसपछि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने । हात राम्रोसँग धुने त छँदैछ ।
२. दाल, चामललगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने र त्यसलाई नष्ट गर्ने । ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने ।
३. तरकारी तथा फलफूल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफूले साबुनपानीले हात धुने, तरकारी तथा फलफूललाई २० मिनेटदेखि आधा घण्टासम्म घाममा राख्ने । त्यसपछि भाँडोमा राख्ने । यसरी राखेपछि मनतातो पानी राख्ने, त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने । तरकारी, फलफूल सफा गर्ने ख्बननथ धबकज भए झन् राम्रो, आधा घण्टापछि धारोको पानीमा (च्गललष्लन ध्बतभच ) मिचिमिची सफा गर्ने । सुक्खा राख्ने, यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ, खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन । योबाहेक क्लोरिन पानी र पियूषको केही थोपा राखेर सफा गर्न पनि सकिन्छ ।
४. प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लिच पानीले पनि सफा गर्न सकिन्छ । केही विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसँग सफा गरे ब्लिच मिसाउनु पर्दैन । चिसोपानीले राम्रोसँग धोए पनि हुने भनाइ केही विज्ञको छ । यो आफ्नो–आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ ।
५. आलु, स्याउ, गाँजरलगायत कडा सतह भएका फलफूल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले विस्तारै सफा गर्न सकिन्छ । अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ ।
६. फलफूल तथा तरकारीलाई काट्नुअघि राम्रोसँग धुन जरुरी छ ।
७. सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ । त्यस्तै, बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ ।
८. खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ । रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन ।
९. तरकारी, फलफूल तथा अन्य खानेकुरा सफा गर्दा गम्भीर हुन जरुरी छैन, माथि उल्लेख गरेका उपायमध्ये आफूसँग उपलब्ध विधि अपनाए
हुन्छ । सबैभन्दा उपयुक्त विधि भनेको पटक–पटक हात धुने हो । सरसफाईमा ध्यान दिने हो ।