काठमाडौं प्लाजालाई नेपाल ट्रस्टले सिल गरर्यो

३ वैशाख, काठमाडौं । काठमाण्डौ कमलादीस्थित काठमाडौं प्लाजालाई नेपाल ट्रस्टले सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले हिजो प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।

प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको
छ । सो भवन नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।