अर्घाखाँचीकी एक महिलाको कोरोना विशेष अस्पताल बुटवलमा कोरोना संक्रमणबाट मृत्यु

३ वैशाख, बुटवल । पछिल्लो समयमा कोरोना भाइरसका संक्रमण बढ्न थालेपछि लुम्बिनी प्रादेशिक अस्पतालको सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवलमा अर्घाखाँचीकी एक महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले दिएको जानकारीअनुसार अर्घाखाँचीको शितगंगा २ की ७० वर्षीय महिलाको आज उपचारका क्रममा मृत्यु भएको हो ।

गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएकी महिला दिर्घ रोगी समेत रहेकी थिइन् । उनलाई स्तन क्यान्सर समेत भएको थियो ।