पाँच जिल्लामा भोलि पनि सार्वजनिक बिदा

१ वैशाख, काठमाण्डौ । सरकारले पाँच जिल्लामा भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ ।

सिरूवा–पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको
हो ।

मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ’सार्वजनिक बिदा’ गत चैत ९ गते नै राजपत्रमा प्रकाशित गरेको थियो ।

सो राजपत्रमा प्रकाशित भएको सूचना अनुसार नै सिरूवा–पावनी पर्व भोलि परेकाले उक्त पर्व मनाइने पाँच जिल्लामा बिदा हुने मन्त्रालयले जनाएको हो ।