छोराको कुट्पिटबाट बाबुको मृत्यु

१ वैशाख, विराटनगर । विराटनगरका एक वृद्धको मृत्यु भएको छ । घरायसी विवादमा छोराले कुट्पिट गर्दा ६५ वर्षीय काले साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा छोरा अजयले कालेमाथि गत चैत २६ गते निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले साहको मृत्यु भएको हो ।

कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।