प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको जिप दुर्घटना दुई जनाको मृत्यु

१ वैशाख, प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेको लु१ज १६५५ नं.को जिप आज बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर देवीप्रसाद गैरेले जानकारी दिए । मृतकको सनाखत भइसकेको छैन ।
१२ जनालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा पठाइएको छ । दुर्घटनास्थल स्वर्गद्वारी नजिकै पर्दछ । त्यहाँ भिङ्ग्रीको प्रहरी टोली उद्धारमा खटिएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।