सुन चाँदीको मूल्य घट्यो

३१ चैत्र, काठमाण्डौं । आज सुनको मूल्य एक सयले घटेर ८९ हजार ५ सयमा झरेको छ । हिजो सुन तोलाको ८९ हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
हिजो चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।