प्रधानमन्त्री ओलीले भोलि देशको नाममा सम्बोधन गर्ने

३१ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सञ्चारमन्त्री पार्वत गुरुङले बताए । प्रधानमन्त्रीको सम्बोधन भोलि बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।