सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु

३० चैत, काठमाडौं । सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिए ।

हिजो मात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो । संक्रमित भएपछि उनी गएराति ८ बजेतिर अस्पतालमा भर्ना भएका थिए । उनको रातिदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।