भुराबगर खोजिबजारका आगलागी पिडितलाई पालिकाद्धारा राहत वितरण

२८ चैत्र, कालिकोट । कालिकोट जिल्ला पचालझरना गाउंपालिका वडा नम्बर ८ खोलिबजारमा हिजो आगलागी भएको छ । आगलागी हुंदा ६ घर जलेर नष्ट हुनुका साथै अन्य धनजनको क्षति भएको छ ।

पचालझरना गाउंपालिकाले आगलागी पिडितलाई खाद्यान्न सहयोग गरेको छ । हिजो शनिबार लागेको आगोले पचालझरना गाउँपालिका भुराबगर खोलिबजारका ६ घर जलेर नष्ट भएका थिए । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भएको गाउँपालिकाले जनाएको छ । अहिले तत्काल चामल, तेल र दाल वितरण गरेको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले कदर न्यूज डटकमलाई बताएका छन् । अध्यक्ष सेजुवालले अगाडी भने, यस्तो विपदको समयमा सबैले आ–आफ्नो क्षेत्रबाट राहतमा जुट्न आग्रह समेत गरेका छन् ।