नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी निभाउने प्रयास जारी

२८ चैत्र, काठमाण्डौ्र । पछिल्लो चरणमा आगलागीका घटना घटिरहेको बेला काठमाडौंको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ ।
आज बिहान करिब ११ बजे आगलागी भएको निकुञ्जका गेम स्काउट गोपाल बस्नेतले जानकारी दिए ।

बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट आगलागी सुरू भएको उनले बताए ।

’कसरी सुरू भएको भन्ने थाहा भएन । आगलागी भएको खबर आएपछि प्रहरी र हाम्रो टोली खटिएको छ,’ उनले भने,’ दुई घन्टा बढीदेखि आगलागी भएको हो । ठूलो छ। हावाहुरीका कारण आगलागी थप बढेको हो ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारी आगलागी नियन्त्रण गर्न लागि परेको उनले बताए ।

तीन वटा दमकलले आगलागी नियन्त्रण गर्न लागेको छ । करिब दुई सय जना जति खटिएका छन् ।

के कसरी आगलागी भयो त्यस बारेमा विस्तृत विवरण आउन बाँकी छ ।